गृहपृष्ठ उदयपुरमा प्रहरी र स्थानीयबीच झडप, चारजना घाइते
उदयपुरमा प्रहरी र स्थानीयबीच झडप, चारजना घाइते
उदयपुरको कटारीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । कटारी नगपालिका वडा नं. ४ मा रहेको कसमस सिमेन्ट उद्योगको चुनढुंगाको विषयलाई लिएर विवाद हुँदा झडप भएको हो ।
विवाद हुँदा चुनढुंगा खानी रहेको स्थान कटारीको मरुवा खोलामा प्रहरीले महिलामाथि हातपात र लाठ्ठी चार्ज गरेको स्थानीयको आरोप छ । स्थती नियन्त्रणमा लिनको लागी लाठी लार्ज गर्नुपरेको प्रहरीको दावी छ ।
लाठी चार्जबाट कटारी मरुवा खोलाकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको प्रहरी जानकारी दिए । स्थानीयले रोकेर राखेको टिप्पर खुलाउन गएको प्रहरीले स्थानीयमाथी लाठी चार्ज गरेको हो ।
कटारीदेखि १० किलोमिटरको पर कसमस सिमेन्टको चुनढुंगा खानी छ । त्यहीँबाट कसमस सिमेन्ट उद्योगले चुनढुंगा ढुवानी गर्दएै आएको छ । दिनदिनै टिप्परको आतंक बढेपछि स्थानीयले नगरपालिकामा उजुरी दिएका थिए । त्यहाँ तीन-चार दिनयता कसमस सिमेन्ट उद्योग र स्थानीयबीच विवाद हुँदै आएको छ ।
प्रकाशित समय १०:०४ बजे

















