गृहपृष्ठ च्याङ्ग्राको खासु खाने विषयमा नगरपालिका प्रमुख कुिटए

च्याङ्ग्राको खासु खाने विषयमा नगरपालिका प्रमुख कुिटए

रारा ताल भ्रमणबाट फर्किएका स्याङजा चापाकोट नगरपालिका प्रमुख कालिकोटमा मदिरा सेवन गरेर झगडा हुँदा  घाइते भएका छन् । सरकारी खर्चमा रारा ताल भ्रमणमा गएको नगर प्रमुख शिव गिरीको टोली र भक्तपुर जिल्लाबाट आएको टोलीबीच झडप हुँदा नगर प्रमुख घाइते भएका हुन् ।

शनिबार राति दबै टोली कालिकोटको सनलाइट होटेलमा बसेका बेला नगर प्रमुख गिरी र भक्तपुरबाट आएको टोलीबीच च्याङग्राको मासु खाने बिषयमा झडप भएको हो । झडपमा नगर प्रमुख गिरी सहित उनका स्वकिय सचिव राजकुमार मल्ल र नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारी चालक घाइते भएका छन् । नगर प्रमुख गिरीको टाउकोमा ५, मल्लको टाउकोमा १६ वटा टाँका लगाइको छ। उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

रारा भ्रमण निस्केको भक्तपुरको भ्रमण टोली र चापाकोट नगरपालिकाको टोलीबीच मदिरा सेवन गरेर च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट हुँदा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख बिनोद शर्माले बताए  । ‘दुबै टोली एउटै होटेलमा बसेका बेला च्याङग्राको मासु पोलेर खाने बिषयमा झगडा भएको हो’ उनले भने,‘दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए ।’

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु