गृहपृष्ठ निर्मलाको परिवार तिहारपछि धर्नामा बस्ने

निर्मलाको परिवार तिहारपछि धर्नामा बस्ने

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको परिवार तिहारपछि धर्नामा बस्ने भएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको सय दिन धन्दा धेरै हुँदा पनि दोषीलाई कारबाही नभएको भन्दै परिवार जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने भएको हो ।

आइतबार निर्मलाका बुबाले घरमै पत्रकार सम्मेलन गरेर तिहारपछि धर्नामा बस्ने बताए । उनले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । ‘सरकारले न्याय दिने आश्वासन दिएको थियो, तर सय दिनसम्म पनि सुनुवाइ भएन अब तिहारपछि अनिश्चतकालिन अनशनमा परिवार नै बस्छौ’ निर्मलाका बुबाले भने । गत साउन १० गते साथी रोशनीको घरमा गएकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित समय १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु