गृहपृष्ठ कानुन कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति

कानुन कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति

parliament-newskarobar

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानुनको पूर्ण कार्यान्वयन भए÷नभएको बारे अध्ययन गर्न जोड दिइएको छ । समितिको आइतबारको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानुनको कार्यान्वयन भएको वा नभएको विषयमा अध्ययन गर्न सुझाव दिए ।

नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले संसद्ले विषयगत रुपमा अध्ययन गरी बनाएको कानुनको कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि बहानामा कानुन कार्यान्वयनको कमी हुन नहुने बताए । कानुनविद् खिमलाल देवकोटाले विकसित मुलुकमा अध्ययन÷अनुसन्धान गरेर मात्र कानुन निर्माण गर्ने परिपाटी रहेको उल्लेख गर्दै नेपालका कानुनको प्रभावकारिताबारे अध्ययन गर्न जरुरी भएको बताए ।

समितिका सभापति पशुराममेघी गुरुङले कानुन कार्यान्वनका विषयमा आगामी बैठकमा पनि छलफल जारी रहने बताए ।
रासस

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु