गृहपृष्ठ भारतीयलाई दिइएको नेपाली नागरिकता खारेज गर्न माग
भारतीयलाई दिइएको नेपाली नागरिकता खारेज गर्न माग
राजपाको केन्द्रीय सदस्य मौलेश्वर कुमारसिंह राजपुतले भारतीय एक नागरिकलाई दिइएको नेपाली नागरिकता खारेज गर्न माग गरेका छन् । आइतबार काठामाडौंमा पत्रकार सम्मेलन गरेर उनले भारतीय नागरिक निरञ्जन कुमार अग्रवाललाई जन्मको आधारमा नागरिकता दिएको भन्दै उनले खारेज गर्न माग गरेका हुन् ।
पर्साको विरगन्ज १३ बाट जन्मको आधारमा नेपाली नागरिकता लिएको भन्दै नेता राजपुतले उक्त नागरिकता खारेज गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले अग्रवाललाई नेपाली नागरिकता दिएको थियो ।उनले २०६३ सालपछि अनाधिकृत रुपमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिएकोले सो विषयमा छानबिन गर्न समेत उनले माग गरे ।
‘२०६३ पछि देशमा नागरिकता प्रदान गर्ने प्रक्रिया नै गलत भएको छ, तीन जनाको सिफारिस र पाँच जनाको सर्जमीन गरेर नागरिकता दिने प्रावधान गलत छ, यसलाई सच्याउनु पर्छ’ उनले भने ।विरगन्जमा व्यापार व्यवसाय गरिरहेका निरञ्जनलाई शक्तिको आडमा नेपाली नागरिकता दिएको उनले आरोप लगाए ।

तर, अग्रवालले भने राजपुतको आरोपमा सत्यता नभएको बताएका छन् । राजपुतले सार्वजनिक गरेको सवारी चालक लाइसेन्समा उल्लेख गरिएको फोन नम्बर तथा जन्म मिति आफ्नो नभएको उनले दाबी गरे । सो विषयमा पहिले पनि अदालतमा मुद्दा परेकामा आफूले जितेको बताउँदै उनले मौलेश्वरले दिएको प्रमाणमा इन्डिया भन्ने शब्द उनी आफंैले थपेको अग्रवालले बताए ।
प्रकाशित समय १६:१५ बजे
















