गृहपृष्ठ ८ लाख मूल्य बराबरको पटाका नष्ट
८ लाख मूल्य बराबरको पटाका नष्ट
फाइल तस्बिर
भारतबाट झापाका विभिन्न नाका हुँदै नेपाल भित्र्याइएको करिब आठ लाख रुपैयाँ बराबरका पटका बरामद गरी नष्ट गरिएको छ ।
झापाको मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्ज, कोरोवारीलगायतका नाकाबाट प्रहरीले बरामद गरेको सात लाख ९४ हजार ५४६ रुपैयाँको पटका जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको हो ।
नेपालमा प्रतिबन्धित पटका तिहार तथा छठ पर्वमा बिक्री वितरणका लागि अवैध रुपमा नेपाल भित्र्याइएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।(रासस)
प्रकाशित समय ०७:११ बजे

















