गृहपृष्ठ सभामुख महराले २३ वर्षपछि आफ्नै घरमा लगाए भाइटीका
सभामुख महराले २३ वर्षपछि आफ्नै घरमा लगाए भाइटीका

सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाएका छन् । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाएका हुन् ।
तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टीका लगाएका हुन् । सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुर्ख्याैली घर आएर टीका लगाउने अवसर जुरेको थिएन ।
सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुर्ख्याैली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाएका थिए ।
प्रकाशित समय १९:१३ बजे