गृहपृष्ठ प्रदेश मन्त्रीको गाडी दुर्घटना, तीन घाइते

प्रदेश मन्त्रीको गाडी दुर्घटना, तीन घाइते

accident-newskarobar

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको स्कर्पियो जीप गए राति कैलालीमा दुर्घटना भएको छ ।

बा२झ ३१२५ नम्बरको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी भने जिपमा सवार थिएनन् । दुर्घटनामा चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२० नं को मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकल चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको छ । अन्य दुईको अवस्था सामान्य छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से३प २४२० नं को मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जिप एकापसमा ठोक्किँएर दुर्घटना भएको थियो ।

प्रकाशित समय ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु