गृहपृष्ठ महिला विश्वकप फुटबल २०१९: १ लाख ५० हजार टिकट बिक्री
महिला विश्वकप फुटबल २०१९: १ लाख ५० हजार टिकट बिक्री
सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै एक लाख ५० हजार टिकट टिकट बिक्री भएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट बुक भइसकेको बताइएको छ । फिफाले बिहीबार दिएको जानकारीअनुसार टिकट किन्नेमध्ये सबैभन्दा धेरै फ्रान्सेली र बेलायती छन् ।
प्रतियोगिताका लागि दश लाखभन्दा बढी टिकट बिक्री गर्न सकिने फिफाको अनुमान छ । टिकटसम्बन्धी नौ वटा प्याकजे बनाइएको फिफाले जनाएको छ । व्यक्तिगत टिकट भने यही आउँदो डिसेम्बर २३ देखि बिक्री हुनेछ ।
प्रतियोगिता २०१९ को जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा हुनेछ । ग्रेनोबल, ले हाभ्रे, छलिओन, मोन्टपेल्लीर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सीन्नजमा खेलहरू हुने भएका छन् । सेमी फाइनल र फाइनल खेल लियोनमा गर्ने तालिका बनाइएको छ ।
प्रकाशित समय ०९:१९ बजे

















