गृहपृष्ठ मह जोडी ‘जनआन्दोलन स्वर्ण पदक’द्धारा सम्मानित

मह जोडी ‘जनआन्दोलन स्वर्ण पदक’द्धारा सम्मानित

कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । स्वर्गीय नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तिको अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीलाई सम्मान गरिएको हो । मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को संज्ञा दिए ।

२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो । राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु