गृहपृष्ठ सबै दल नमिले समृद्धि हासिल गर्न मुस्किल : नेम्वाङ
सबै दल नमिले समृद्धि हासिल गर्न मुस्किल : नेम्वाङ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले सबै राजनीतिक दलहरुलाई एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । उपनेता नेम्वाङले समृद्ध नेपाल निर्माण गर्न सबै दल एकैठाउँमा उभिनुपर्ने अवस्था रहेको बताए ।
गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेम्वाङले भने, ‘हिमाल, पहाड र मधेशका जनतालाई हामी सबैले अझै एकतावद्ध बनाएर अघि बढनुपर्ने आवश्यकता छ ।’
प्रकाशित समय १४:०९ बजे

















