गृहपृष्ठ निर्मला हत्या प्रकरण : अनिश्चितकालीन धर्ना सुरु
निर्मला हत्या प्रकरण : अनिश्चितकालीन धर्ना सुरु
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्ना सुरु भएको छ । निर्मलाका आमाबुबा र अधिकारकर्मीले अनिश्चीतकालीन धर्ना सुरु गरेका हुन् ।
आइतबार दउँसो साढे १२ बजे महेन्द्रनगरको मदनचोकमा फुलमालाले स्वागत गर्ने त्यसपछि आमाबुबा सहितका अधिकारकर्मी धर्नामा बस्न लागेको अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन् ।
र्याली सहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरिएको हो । गत साउन १० गते साथीको घर गएकी निर्मला ११ गते मृत अवस्थामा उखुबारीमा भेटिएकी थिइन् ।
प्रकाशित समय १३:२५ बजे

















