गृहपृष्ठ एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु
मोरङको सुन्दर–हरैँचा नगरपालिका–९ स्थित विराटचौकमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गरेको मे १ च ४५१९ नम्बरको एम्बुलेन्सले को १६ प २७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३९ वर्षीय रोशन गजुरेलको मृत्यु भएको हो ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका गजुरेलको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा एबुलेन्स चालक झापा शिव सताक्षी नगरपालिका–६ का ४८ वर्षीय ददिराम रेग्मी र एम्बुलेन्समा सवार गौरीगंज गाउँपालिका–१ का १८ वर्षीय सुनिल गुरागाई घाइते भएका छन् । घाइतेको बेलबारी स्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ ।
प्रकाशित समय १४:४५ बजे

















