गृहपृष्ठ ओम बैंकलार्इ गाभ्न प्राइम बैंकलार्इ सैद्धान्तिक सहमति

ओम बैंकलार्इ गाभ्न प्राइम बैंकलार्इ सैद्धान्तिक सहमति

marge-newskarobar

ओम डेभलपमेन्ट बैंकलाई आफूमा गाभ्न प्राइम कमर्सियल बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरेको छ । भदौ ३ गते एक्विजिसनमा जाने सम्झौता गरी भदौ ४ गते राष्ट्र बैंकमा निवेदन दिएका यी दुर्इ वित्तीय संस्थाले आइतबार सैद्धान्तिक सहमति पाएका हुन् ।

राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिमका प्रावधानको अधिनमा रही एक्विजिसन प्रक्रिया सम्पन्न गर्न सैद्धान्तिक सहमति दिइएको जनाएको छ । वर्गको प्राइम कमर्सियल बैंक ‘क’ र ओम डेभलपमेन्ट बैंक ‘ख’ वर्गको वित्तीय संस्था हो ।

दुई बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी करिब १० अर्ब पुग्नेछ । बैंकको स्वाप रेसियो भने तय भएको छैन । दुई बैंक एक भएपछि बैंकको निक्षेप एक खर्ब र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ । बैंकका शाखा सञ्जाल ११६ वटा हुनेछन् ।

दुबै बैंकले गत वर्षको लाभांश वितरणको प्रस्ताव संयुक्त रुपमा गर्ने र एक्विजिसन प्रक्रिया पूरा गरी वित्तीय कारोबार थाल्ने भएका छन् ।

यसअघि, प्राइम बैंकले विराटनगरको विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई आफूमा गाभेको थियो भने सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स मिलेर बनेको ओम डेभलपमेन्ट बैंकले मनास्लु डेभलपमेन्ट बैंकलाई किनेको थियो ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु