गृहपृष्ठ देउसी भैलोबाट ५ लाख संकलन
देउसी भैलोबाट ५ लाख संकलन
पोखराको सहारा क्लवले देउसी भैलोबाट ५ लाख १० हजार ७ सय ३ रुपैया संकलन गरेको छ । सहारा एकेडेमीको सहयोगार्थ ५ दिनसम्म खेलिएका खेलिएको देउसी भैलोबाट ५ लाख भन्दा बढी संकलन भएको हो ।
‘संस्कृतिको जर्गेना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं’ भन्ने मुल नाराका साथ पोखरा क्षेत्रमा ५ दिनसम्म खेलिएको देउसी भैलो खेलिएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।
संकलन गरिएको रकम अनाथ असाय बालबालिकाको लागि खर्च गरिने उनले बताए । क्लवले पोखरा–१७ मा बनाएको आवास गृहमा १६ जिल्लाका २८ जना बालबालिका रहेका छन् ।
प्रकाशित समय १६:४६ बजे

















