गृहपृष्ठ दुई दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

दुई दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

death-newskarobar

उदयपुरकोे रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् ।

मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जंगलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् ।

उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताए । मृतकका बुबा खड्काले भने अनुसार केही व्यक्तिले बलात्कारपछि छोरीको हत्या भएको बताएका छन् ।

गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको थियो ।(रासस)

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु