गृहपृष्ठ छठको दोस्रो दिन आज खरना
छठको दोस्रो दिन आज खरना
छठको दोस्रो दिन सोमबार साँझमा सख्खर (मिठा) ले बनाईएको खिर षष्ठी मातालाई चढाई खरना मनाउन मनाईंदै छ । खरनालाई पापको क्षय पनि भनिन्छ ।
आजको दिन व्रतालु निराहर बसी साँझको समयमा चन्द्रोदय भएपछि आँगनमा गाईको गोबरले लिपपोत गर्ने र चामलको झोल सुशोभित गरी षष्ठी माताको पूजापाठसँगै प्रसाद ग्रहण गरिन्छ । भोली साँझ छठको अन्तिम दिन इनार, पोखरी, नदी, तालतलैया वा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
ठकुवा, भुसुवा, केरा, फलफूल सामग्री, उखु, केरा, नरिवललगायतका पूजा सामग्रीहरु राखेर अर्घ्य दिने प्रचलन छ । आज बिहानैदेखि व्रतालुहरु घर नजिकैको जलाशय सजाउन जुटेका छन् ।
प्रकाशित समय ०९:५८ बजे

















