गृहपृष्ठ महिलालाई बोक्सीको आरोप लगाउने वडा सचिव पक्राउ
महिलालाई बोक्सीको आरोप लगाउने वडा सचिव पक्राउ
छिमेकी महिलालाई बोक्सी भन्दै दुव्र्यवहार गरेको आरोपमा तिलोत्तमा नगरपालिका वडा नम्बर–५ का वडा सचिव टिकाराम आचार्य पक्राउ परेका छन् । छिमेकी डम्बरकुमारी न्यौपानेलाई बोक्सीको आरोप लगाएर दुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कार्तिक २१ गते दिउँसो आफूलाई बोक्सी भन्दै कुटपिट गरेको भन्दै डम्बरकुमारीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।प्रहरीले वडा सचिव आचार्य सहित उनकी श्रीमती कमला र छोरी प्रतिज्ञालाई समेत पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भइरहेकाले दोषीलाई कारबाही गर्ने बताए ।
प्रकाशित समय १३:२० बजे

















