गृहपृष्ठ प्रधानमन्त्रीको पुत्लादहनमा संलग्न भएको अभियोगमा एक पक्राउ
प्रधानमन्त्रीको पुत्लादहनमा संलग्न भएको अभियोगमा एक पक्राउ
प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने कांग्रेस निकट नेपाल विद्यार्थी संघ रुपन्देहीका एकजना नेता पक्राउ परेका छन् ।
सोमबार बुटवलको मिलनचोकमा पुत्ला दहन गर्दै गर्दा नेवि संघका विद्यार्थी नेता छाया पोखरेललई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य विद्यार्थीहरु भने प्रहरीको हस्तक्षेप पछि भागेका थिए ।
नेविसंघ रुपन्देहीले सोमबार साँझ ५ बजे बुटवलको मिलनचोकमा प्रधामन्त्रीको पुत्ला दहन गर्न लागेको थियो । प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेका नेविसंघ नेता कृष्ण ढकालको रिहाइको माग गर्दै नेविसंघ आन्दोलनमा उत्रिएको हो ।
प्रकाशित समय ०९:५७ बजे

















