गृहपृष्ठ रोजगारीका लागि भारत जानेको लर्को

रोजगारीका लागि भारत जानेको लर्को

बाजुरा जिल्लाका अधिकांश युवा दसैं तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् ।

चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न सहर जानेको लर्को लाग्ने गरेको छ । खेतबारीको उब्जनीले केही महिना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् ।

दसैं तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थालेका छन् । सदरमुकाम मार्तडीसहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौँ, बाम्कालगायत ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका सन्तोष डडालले जानकारी दिए ।(रासस)

प्रकाशित समय ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु