गृहपृष्ठ बाथ रोगले सताउला, यसरी जोगिनुस्

बाथ रोगले सताउला, यसरी जोगिनुस्

शरीरमा रोग निरोधक शक्ति क्षय हुँदै गर्दा बाथ हुन्छ । यो रोगले जुनसुकै लिंग, उमेर र समूहका व्यक्तिलाई पनि छाड्दैन । चिसो मौसममा त बाथले झनै बढी समस्या पार्न सक्छ । बाथ धेरै प्रकारका हुन्छन् । विभिन्न प्रकारका बाथका फरक–फरक लक्षण हुन्छन् । तर, सबैजसो बाथ रोगमा समान लक्षण जोर्नी दुख्नु र सुन्निनु हो ।

बाथ सय भन्दा बढी प्रकारका भए पनि गठिया बाथ अथवा प्यालोटोइड आर्थराइटिस सबैभन्दा धेरै देखिने बाथमध्येको एक हो । गठिया बाथले खासगरी हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालााई ज्यादा असर गर्ने चिकित्सकको भनाइ छ । बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समस्या भने दिन सक्छ ।

बाथ रोग लाग्नुका कारण
बाथरोग हुने कुनै एक मात्र कारण छैन । रगतमा युरिक एसिडको मात्रा बढ्नु, वंशाणुगत दोष आदि । आमाबुबामध्ये एक जनालाई बाथरोग छ भने छोराछोरीमा पनि हुने सम्भावना उच्च रहन्छ । गलत खानपान, रुघाखोकी, भाइरल इन्फेक्सन, एलर्जी, झाडापखाला आदिले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउदा पनि बाथ हुने जोखिम बढ्छ ।

बाथका लक्षण
बाथरोग दुई सय भन्दा बढी प्रकारका छन । सबैका आ–आफ्नै लक्षण र असर हुन्छन् । सबैलाई एकै ठाउँमा राखेर हेर्दा ९० प्रतिशत बाथरोगका भने समान लक्षण हुन्छन । जस्तै हातखुट्टा, ढाडको जार्नी दुख्ने, सुन्निने, जोर्नी वरिपरी रातो हुने, बिहान उठ्दा हातखुट्टा र जोर्नी कक्रक्क पर्ने ।

शरीरको कुन अंगमा असर गरेको हुन्छ सोही अनुसार लक्षण देखिन्छ । खोकी लाग्ने । दम देखिने । पिसाबमा फिज आउने । मुटुमा बाथ भएमा मुटुको चाल बिग्रने । मस्तिष्कमा असर गरेमा छारे रोग हुने । आँखामा बाथले असर गरेमा आँखा पाक्ने । दृष्टि गुमाउने । ज्वरो आउने । काम गर्न मन नलाग्ने । जिउ आलश्य हुने ।

रोकथामका उपाय
मेडिकल साइन्सले बाथरोग लाग्नै नदिने उपाय हालसम्म पत्ता लगाएको छैन । यो रोग लाग्नै नदिन भ्याक्सिन र औषधिहरू पनि छैनन् । त्यसैले परिवारका कुनै सदस्यलाई बाथरोगको लक्षण देखिएमा सम्बन्धित चिकित्सकलाई देखाउनु पर्छ । बाथरोग भएको पत्ता लागेमा सेकेन्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ । खानपानमा ध्यान दिने । बाथरोगको उपचार रोगको किसिममा भर पर्छ । डाक्टरको सल्लाहमा दुखाइ कम गर्ने र सुन्निन कम गर्ने औषधि खानुपर्छ । समय समयमा रोगको कडापन अनुसार औषधिको किसिम र मात्रा फेर्नुपर्ने हुन्छ । रगत परीक्षण, एक्सरे नियमित गर्ने । आफूखुसी बाथरोगको औषधि नखाने ।

बाथ रोकथामका घरेलु उपाय
बेसार र मेथीको पिठो १००÷१०० ग्राम लिने । त्यसमा असुरगन्धा मिसाएर चिया चम्चाको एक चम्चा बेलुका सुत्ने बेलामा नियमित खाने । खाली पेटमा पानीसँग तीन पोटी लसुन खाने । जसले कोलेस्ट्रोल कम हुन्छ र बाथ रोगमा राहत मिल्छ । घाममा बस्ने । नुन र टिमुर पानी उमालेर हातगोडा धुने । नियमित व्यायम गर्ने ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु