गृहपृष्ठ भ्रष्टाचारको आरोपमा मालपोतका तीन कर्मचारी विरुद्ध मुद्दा दायर

भ्रष्टाचारको आरोपमा मालपोतका तीन कर्मचारी विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग ५०/५० हजार घुस लिएको अवस्थामा पक्राउ परेका उनीहरुलाई बिगो ५० हजार कायम गरी जरिवाना र कैद सजाय हुन मागदाबी लिइ आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु