गृहपृष्ठ दण्डहिनता अन्त्यका लागि कर्णाली सरकार प्रतिबद्ध : मन्त्री भण्डारी

दण्डहिनता अन्त्यका लागि कर्णाली सरकार प्रतिबद्ध : मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

‘कर्णाली प्रदेश सरकार पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि तयार छ’ मन्त्री भण्डारीले भने, ‘यसको लागि कर्णाली प्रदेश सरकार क्रियाशिल भएर लाग्नेछ ।’ कानुन मन्त्री भण्डारीले कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारितामा आर्कषण गर्ने कार्यक्रम ल्याउने समेत बताए । ‘कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारितामा लाग्न आर्कषित गर्छाै’ मन्त्री भण्डारीले थपे, ‘पत्रकारिता लोकतन्त्रको पहरेदार पनि हो, समाज रुपान्तरणको उत्तरदायित्व बोकेको पत्रकारिता क्षेत्रमा जति जिम्मेवारी छ त्यति जोखिम छ’ ।

उनले पत्रकारहरुको सुरक्षाका लागि कानुन मन्त्रालयले ‘पत्रकार स्वास्थ्य बिमाको व्यवस्था गर्न लागेको जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशकी उपाध्यक्ष डम्मरकुमारी आचार्यले खोजी रिपोटिङ गर्दा पत्रकारहरु जोखिममा रहेको भन्दै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि कर्णाली सरकारले पहल गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसएसपि मोहन आचार्य, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठ, वीरेनद्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु