गृहपृष्ठ श्रम कार्यालयबाट तीन जना विचौलिया पक्राउ

श्रम कार्यालयबाट तीन जना विचौलिया पक्राउ

pakrau-arrest-newskarobar

ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान छन् । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

अनुुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।(रासस)

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु