गृहपृष्ठ धनगढीमा युवकको हत्या, एक पक्राउ 

धनगढीमा युवकको हत्या, एक पक्राउ 

hatya-newskarobar

कैलालीको धनगढीमा गए राति एक जना युवकको हत्या भएको छ ।

धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै २५ वर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार राति ९ बजेको समयमा हत्या गरी थापालाई घिसार्दै लगेको अवस्थामा धनगढी उपमहानगरपालिका–४ कै आषिश सेटी पक्राउ परेको प्रहरी उपरीक्षक आभूषण तिमल्सिनाले जानकारी दिए ।

पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा शव राखिएको छ ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु