गृहपृष्ठ हेटौंडामा ट्रक पल्टियो, दुई जनाको मृत्यु
हेटौंडामा ट्रक पल्टियो, दुई जनाको मृत्यु
मकवानपुरको हेटौंडा–९ पशुपति नगरमा ट्रक पल्टिएर दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिदा ना ४६प ६२१ नम्बरका मोटरसाइकल र ना १ ह ८९५९ नम्बरको अटो च्यापिएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडाका २० वर्षीय सुदिप घिमिरे र अटोमा रहेका हेटौंडाकै ३५ वर्षीय गंगा चेम्जोङ रहेको प्रहरीले जनाएको छ । ट्रक पल्टिएपछि सवारी आवागमन रोकिएकाले अहिले ट्रकलाई हटाउने प्रयास भइरहेको हाटौंडा प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:३९ बजे

















