गृहपृष्ठ पाल्पामा जीप दुर्घटना, एकको मृत्यु, सात जना घाइते
पाल्पामा जीप दुर्घटना, एकको मृत्यु, सात जना घाइते
पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
दुर्घटनामा बाग्लुङ बरेङ गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अंकित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
लु२च ५०३५ नंको जिप बाग्लुङको बरेङ गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित सात घाइतेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:२२ बजे

















