गृहपृष्ठ बलात्कार अभियोगमा एक पक्राउ
बलात्कार अभियोगमा एक पक्राउ
सप्तरीकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरेको छ ।
छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको प्रहरीले जना्रएको छ ।
पीडितकी आमाले बिहीबार दिएको उजुरीपछि सोही दिन बालिकाको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रकाशित समय ०९:०४ बजे

















