गृहपृष्ठ ठेकेदार भागेपछि पुल निर्माण अलपत्र
ठेकेदार भागेपछि पुल निर्माण अलपत्र
फाइल तस्बिर
तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ ।
ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण अलपत्र परेको हो । २०७३ देखि सुरु भएको सो पुलको निर्माण ६ महिनादेखि ठप्प छ । पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो । तर ठेकेदार भने वैशाखदेखि नै सम्पर्कमा नरहेको म्याग्दे गाउँपालिका–७ का वडा अध्यक्ष पदमराज वाग्लेले बताउनुभयो ।
पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उनले बताए । ड्रागन हीरा एण्ड नमिता जेभीले चार करोडसात लाख रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का लिएको थियो । पुलको दुवैतर्फका पिल्लरमात्र उठाइएको छ । सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनियर कर्ण केसीले पुल निर्माण कार्य सञ्चालन गर्नका लागि निर्माण व्यवसायीलाई म्याद थपका लागि पत्राचार गरिएको जानकारी दिए ।
ठेकेदारले समयावधिमा पुल निर्माण सम्पन्न गर्न नसक्नुका कारणबारे कार्यालयलाई आधार पेश गरेपछि मात्र जरिवाना तिराएर म्याद थप गर्ने वा कालोसूचीमा राखेर पुनःबोलपत्र आह्वान गर्ने तय हुने केसीको भनाइ छ ।(रासस)
प्रकाशित समय ११:०२ बजे

















