गृहपृष्ठ बसको ठक्करबाट साइकलमा सवार बालिकाको मृत्यु

बसको ठक्करबाट साइकलमा सवार बालिकाको मृत्यु

accident-newskarobar

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ नजिक बसको ठक्करबाट साइकलमा सवार एक बालिकाको मृत्यु भएको छ ।

ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवाकी १४ वर्षिया बालिका निर्मला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिका भुरिगाउँस्थित भेरी पव्लिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु