गृहपृष्ठ धोवी खोलामा शव भटियो

धोवी खोलामा शव भटियो

death-newskarobar सांकेति तस्बिर ।

काठमाडौंको चाबहिलस्थित धोवी खोला किनारमा एक व्यक्तिको शव फेला परेको छ । खोला किनारमा घोप्टो परिरहेको अवस्थामा शव भेटिएको हो ।

शव भेटिएको स्थलमा चक्कु, चम्चा र ओखर बरामद भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन । मृतक व्यक्ति अन्दाजी ४५–५० वर्षका रहेका काठमाडौं प्रहरीले जनाएको छ ।

शव दुई–तीन दिन पुरानो भएको अनुमान छ । चिकित्सक र प्रहरीको टोली अहिले घटनास्थलमा छ ।

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु