गृहपृष्ठ प्रधानमन्त्री स्वीट्जरल्यान्ड जाँदै

प्रधानमन्त्री स्वीट्जरल्यान्ड जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता स्वीट्जरल्यान्ड जाने भएका छन् । वर्ल्ड इकोनोमिक फोरमको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

फोरमको कार्यक्रम स्वीट्जरल्यान्डको डाभोसमा आयोजना हुनेछ । सो फोरमको वार्षिक कार्यक्रम हो । कार्यक्रम सहभागी हुन प्रधानमन्त्री ओली माघ ७ मा त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

फोरमको सम्मेलन माघ ८ देखि १२ सम्म हुनेछ । फोरमको वेबसाइटमा राखिएको जानकारी अनुसार कार्यक्रममा विश्वका प्रमुख २० वटा अर्थतन्त्रका मुलुकहरुको समूह ‘जी ट्वान्टी’ मा आबद्ध र अन्य मुलुक गरी २ सय ५० जना राजनीतिक नेताहरुको सहभागिता रहनेछ ।

त्यसैगरी उद्योग व्यापार तथा अन्य क्षेत्रबाट १ हजारभन्दा बढी कार्यकारीहरुको सहभागिता रहनेछ ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु