गृहपृष्ठ हुसेनको हत्याको विरोधमा दुहबीमा आज पनि प्रदर्शन
हुसेनको हत्याको विरोधमा दुहबीमा आज पनि प्रदर्शन
जय बाबा इँटा उद्योगका सुपरभाइजर ५० वर्षीय फिदा हुसेनको हत्याको विरोधमा स्थानीयले बिहीबार पनि सुनसरीको दुहबी बजारमा प्रदर्शन गरेका छन् । स्थानीयले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै हुसेनका सव सडकमा राखेर प्रदर्शन गरेका छन् । उनको बुधबार बिहान गोली हानी हत्या गरिएको थियो ।
हत्याका घटना बढेको भन्दै स्थानीयले सुरक्षाको समेत माग गरेका छन् । उता, हत्या गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनएको छ । यसअघि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको पनि हत्या भएको थियो ।
प्रकाशित समय १२:२४ बजे

















