गृहपृष्ठ कपिलवस्तुमा प्रदेशसभा स्वतन्त्र उम्मेदवार चौधरीको गोली हानी हत्या
कपिलवस्तुमा प्रदेशसभा स्वतन्त्र उम्मेदवार चौधरीको गोली हानी हत्या
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४, मोतिघारीमा शुक्रबार राति राजाबाबु भनिने दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको छ ।
शुक्रबार राति दिपेन्द्रको अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको हो । टाउकोमा गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी गत वर्ष सम्पन्न प्रदेशभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ (ख)बाट स्वतन्त्र उम्मेदवार पनि हुन् ।
गोली लागेर गम्भीर घाइते भएका उनलाई लबनीस्थित अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले जानकारी दिए । गोली हानिएको स्थानमा ३, ४ वटा खोका भेटिएको छ ।
केहि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको पोखरेलले बताए । चौधरीको शव पोष्टमार्टमका लागि मेडिकल कलेज भैरहवामा राखिएको छ ।
प्रकाशित समय ०७:३४ बजे

















