गृहपृष्ठ सप्तरीमा बस पल्टिँदा ५ जनाको मृत्यु, २२ घाइते

सप्तरीमा बस पल्टिँदा ५ जनाको मृत्यु, २२ घाइते

accident-newskarobar

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० स्थित इनर्वा टोलको पोखरीमा बस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

शुक्रबार राति सुनसरीको बराह क्षेत्रबाट सप्तरी फर्किएको को १ ख २७९९ नम्बरको तीर्थयात्री बोकेको बस राजविराज हनुमाननगर पोखरीमा खसेको प्र्रहरीले जनाएको छ । घाइते २२ जनाको गजेन्द्र्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार जारी छ ।

मृत्यु हुनेमा डाकनेश्वरी ५ की ७० वर्षीया बेचनीदेवी यादव, ६० वर्षीया सिकलादेवी साह, दिनेश रजक, उनकी श्रीमती र ठकनी देवी छन् । घाइतेमध्ये ६ जना गम्भीर छन् । पोखरीमा डुबेको बसलाई डोजरको सहायताले निकालिएको छ ।

प्रकाशित समय ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु