गृहपृष्ठ निर्मलाका बुबा यज्ञराजलाई उपचारको लागि काठमाडौं ल्याइयो

निर्मलाका बुबा यज्ञराजलाई उपचारको लागि काठमाडौं ल्याइयो

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका नर्मला पन्तका बुबा यज्ञराज पन्तलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । छोरीको हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा बसेका यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारको लागि काठमाडौं ल्यायएको हो ।

छोरीको हत्यापछि उनको मानसिक अवस्था बिग्रिँदै गएपछि काठ्माडौं ल्याइएको हो । छोरीको हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा रहेकाबेला उनलाई डिप्रेशन भएको थियो । पछिल्लो समय उनको व्यवहार अस्वभाविक भएको थियो ।

रातभरी नसुत्ने, बर्बराउने, निर्मलाको नाम लिँदै रुदै हिड्ने गरेका थिए । कञ्चनपुरमा उनको उपचार सम्भव नभएपछि काठमाडौं ल्याइएको श्रीमती दुर्गादेवीले बताइन् । उनको उपचार काठमाडौंको शिक्षण अस्पतालमा गरिने भएको छ ।

निर्मलाको हत्या भएको चार महिना पुग्दा पनि हत्याराको पहिचान भएको छैन । गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित समय १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु