गृहपृष्ठ संघीय निजामती ऐन छिट्टै आउँछ : मन्त्री पण्डित

संघीय निजामती ऐन छिट्टै आउँछ : मन्त्री पण्डित

lalbabu-pandit

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती ऐन चाँडै आउने बताएका छन् ।

झापाको अर्जुनधारामा शनिबार सञ्चारकर्मीसँग मन्त्री पण्डितले भने, ‘एक महिना अघिदेखि मन्त्रिपरिषदमा निजामती ऐनका विषयमा भइरहेको छलफल सकिएपछि सार्वजनिक गरिने छ ।’ स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका राष्ट्रसेवक कर्मचारीको सेवा–सुविधा पनि फरक बनाउने तयारीमा सरकार रहेको उनले बताए ।

मन्त्री पण्डितले प्रतिपक्षी दल काङ्ग्रेसले सरकार असफल भयो भन्नुमा कुनै तुक नरहेको बताउँदै सरकारमा भएका बेला बिगारेको काम वर्तमान सरकारले सपार्दै गरेको दाबी गरे ।

प्रकाशित समय २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु