गृहपृष्ठ रामजानकी विवाह महोत्सवको तयारीमा मुख्यमन्त्री राउतको चासो

रामजानकी विवाह महोत्सवको तयारीमा मुख्यमन्त्री राउतको चासो

रामजानकी विवाह महोत्सवको तयारीबारे प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले जानकारी लिएका छन ।

मुख्यमन्त्री राउत, भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल, नेकपाका संसदीय दलका नेता रामचन्द्र मण्डल, राजपा सांसद परमेश्वर साहसहितको टोलीले रामजानकीको स्वयंवर र जन्तीका लागि बन्दै गरेका स्वागतस्थलको अनुगमन गरेका हुन् ।

रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट उत्तर प्र्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी जन्तीमा आउने भएकाले प्रदेश सरकारले तयारीबारे चासो देखाएको हो । मुख्यमन्त्रीको टोलीले महोत्सव संयोजक महन्त रोशन दास बैष्णवसँग तयारीबारे जानकारी लिएका थिए । अयोध्याबाट मुख्यमन्त्रीसहितका विशिष्ट पाहुना आउने हुँदा तयारीमा तीब्रता दिएको दासले जानकारी गराएका थिए ।

 

यो पनि पढ्नुहोस् ।

विवाह महोत्सवको तयारी तीव्र, सीता-रामको स्वयम्बर २६ गते, सोही दिन विवाह

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु