गृहपृष्ठ जुनियर आइटीएफ टेनिसमा आरब र सलोनी च्याम्पियन
जुनियर आइटीएफ टेनिसमा आरब र सलोनी च्याम्पियन
ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिपको उपाधि शीर्ष वरियताका आरब हाडा र महिलातर्फ सलोनी तामाङले उचालेका छन् ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आरबले अकि जुवेन रावतलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे । त्यस्तै सलोनीले सर्भानी श्रेष्ठमाथि ६–२, ६–१ को सहज जित निकालिन् ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्सतर्फ आरब हाडा र प्रणव मानन्धरको जोडीले प्रथम स्थान ओगट्यो भने महिला डबल्सतर्फ सलोनी तामाङ र सुभांगीलक्ष्मी शाहको जोडी च्याम्पियन भए ।
यसैबीच सोमबारदेखि सर्किट २ का खेलहरु सुरु हने आयोजकले जनाएको छ ।
प्रकाशित समय ०८:२८ बजे

















