गृहपृष्ठ बेहोस बनाएर निर्मलाका बुबा यज्ञराजलाई काठमाडौं ल्याइँदै

बेहोस बनाएर निर्मलाका बुबा यज्ञराजलाई काठमाडौं ल्याइँदै

बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई बेहोस बनाएर उपचारका लागि काठमाडौंं ल्याउन लागिएको छ । शनिबार जहाजबाट ल्यउन लागिएको थियो । तर, उनको व्यवहार अस्वभाविक भएपछि जहाजले ल्याउन नमानेका कारण बेहोस बनाएर आइतबार एम्बुलेन्सबाट ल्याउन लागिएको हो ।

छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना बसेका यज्ञराजको मानसिक अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । उनलाई शनिबार दिउँसो सेती अञ्चल अस्पतालमा बेहोस बनाउने इन्जेक्सन दिइएको थियो ।

तर, जहाज कम्पनीले ल्याउन नमानेपछि आइतबार उनलाई एम्बुलेन्सबाट ल्याउन लागिएको श्रीमती दुर्गादेवीले बताइन् । पछिल्लो समउ उनले रातभरी नसुत्ने, बर्बराउने, निर्मलाको नाम लिँदै रुदै हिड्ने गरेका थिए । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने छ ।

उनको उपचार काठमाडौंको शिक्षण अस्पतालमा गरिने भएको छ । निर्मलाको हत्या भएको चार महिना पुग्दा पनि हत्याराको पहिचान भएको छैन । गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु