गृहपृष्ठ कांग्रेस बैठकमा विधानकाे मस्यौदा पेश
कांग्रेस बैठकमा विधानकाे मस्यौदा पेश
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन मस्यौदा पेश भएको छ । (आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधान मस्यौदा पेश गरेका हुन् ।
समितिमा सहमति नजुटेपछि महामन्त्री खड्काले फरक मतसहितको विधान मस्यौदा पेश गरेका हुन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबारको बैठकमा मस्यौदा पेश भएको बताए ।
उनका अनुसार मस्यौदा सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको छ । मस्यौदामाथि आगामी मंसिर १३ गतेदेखि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।
प्रकाशित समय १२:४३ बजे

















