गृहपृष्ठ गाउँपालिका अध्यक्षले ज्यान मार्ने धम्की दिएको डाक्टरको आरोप

गाउँपालिका अध्यक्षले ज्यान मार्ने धम्की दिएको डाक्टरको आरोप

प्राथमिक स्वास्थ्य केन्द्र मन्थली रामेछापका प्रमुख डाक्टर राकेश कुमार दासले लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द खड्काले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
एक मृतकको पोष्पार्टम रिपोर्ट आफूले भने अनुसारको नबनाएको भन्दै गाउँपालिका अध्यक्ष खड्काले मार्ने धम्की दिएको डाक्टर दासले न्युज कारोबारलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापको सिफारिसमा लिखु तामाकोशी गाउँपालिकाकी ३९ वर्र्षीया मृतक झलकमाया श्रेष्ठको केन्द्रका डाक्टरले कात्र्तिक २० गते पोष्टपार्टम गरेका थिए । तर, उक्त पोष्टमार्टम चित्त नबुझेको भन्दै पुनः पोष्टमार्टमका लागि मृतक पक्षले कात्र्तिक २२ गते शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा पोष्टमाटम गराएका थिए ।

शिक्षण अस्पतालको पोष्टमार्टम र केन्द्रको पोष्टमार्टममा केही फरक नहुँदा समेत गाउँपालिका अध्यक्षले पोष्टमाटममा संलग्न डाक्टरलाई मानसिक तनाव दिने, धम्क्याउने गरेको डाक्टर दासले आरोप लगाए ।

उनले भने, ‘मैले सिडियो कार्यालयमा दुई पटकसम्म उजुरी गर्दा पनि केही सुनुवाई भएन । त्यसैले बाध्य भएर मिडीयामा आउनु परेको हो ।’ गाउँपालिका अध्यक्ष खड्काको कारण सेवाग्राहीलाई उपचार सेवा दिन असहज भएकाले कारबाही गर्न उनले माग गरेका छन् ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु