गृहपृष्ठ आन्दोलनरत शिक्षकसँग वार्ता गर्न समिति गठन
आन्दोलनरत शिक्षकसँग वार्ता गर्न समिति गठन
आन्दोलनमा रहेको शिक्षक महासघसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षासचिव खगराज बरालको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेका हुन् ।
शिक्षा सचिव बरालको नेतृत्वमा रहेको वार्ता टोलीमा सहसचिवहरु बैकुण्ठप्रसाद अर्याल, बाबुराम पौडेल, सूर्यप्रसाद गौतम र कृष्णप्रसाद काप्री सदस्य रहेका छन् । समितिले महासंघसँग मंगलबार पहिलो चरणको छलफल समेत गरेको छ । २६ बुँदे माग राख्दै शिक्षकहरुले आन्दाेलन गर्दै आएका छन् ।
प्रकाशित समय १५:२१ बजे

















