गृहपृष्ठ तामझामसँग घोषणा भयोे सामाजिक सुरक्षा कार्यक्रम

तामझामसँग घोषणा भयोे सामाजिक सुरक्षा कार्यक्रम

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गरेको छ । श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन योजना लागु गरिएको हो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा योजनाको शुभारम्भ गरेका हुन् । रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरिएको सामाजिक सुरक्षा कोषबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रम लागू गरेको हो । कार्यक्रममा वृद्ध, औषधि उपचार, मातृत्व, अशक्त र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम छन् । योजना लागु भएपछि श्रमिक ‘रित्तो हात’ घर फर्कनुपर्ने छैन भने भने निश्चित अवधि सेवा गरेपछि पेन्सन समेत पाउने छन् । निजी क्षेत्रमा काम गर्ने ३५ लाख श्रमिक यो सामाजिक सुरक्षा कोषबाट लाभान्वित हुनेछन् ।

 

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु