गृहपृष्ठ चार दिन सवारी साधनमा जोर बिजोर प्रणाली
चार दिन सवारी साधनमा जोर बिजोर प्रणाली
उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म सवारी सधानमा जोर बिजोर प्रणलि लागु गरिएको छ । काठमाडौंमा आयोजना हुने एशिया प्यासिफिक शिखर सम्मेलनका कारण गृह मन्त्रालयले बिहीबारदेखि आइतबारसम्म चार दिन जोर बिजोर प्रणाली लागू गरेको हो ।
सम्मेलनमा सात देशका सरकार तथा राष्ट्र प्रमुख विशिष्ट व्यक्तिहरु काठमाडौं आउने भएकाले सुरक्षाका लागि जोर बिजोर प्रणाली लागु गरिएको हो । सम्मेलनमा सहभागी हुन बर्माकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमान्त्री हुन सेन लगायतका राष्ट्रप्रमुख आउने कार्यक्रम रहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ र १५ मा बिजोर तथा १४ र १६ गते जोर नम्बरका सवारीसाधन चलाउन आग्रह गरेको छ । आगामी मंसिर १४ देखि १७ गतेसम्म एशिया प्यासिफिक शिखर सम्मलेन काठमाडौंमा हुँदैछ ।
प्रकाशित समय १८:२६ बजे

















