गृहपृष्ठ दैलेख दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
दैलेख दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । बुधबार बिहान भे १ च २२०७ नम्बरको जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ठाटीकाँध गाउँपालिकाका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र ३० वर्षीय निर्मल बमको दुर्घटनास्थलमै मृत्यु भएको हो । अन्य दुईको उपचारको लागि ल्यउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका दुई जनाको पहिचान हुन सकेको छैन । घाइते चार जनालाई उपचारको लागि सुर्खेत पठाइएको दैलेख प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:०० बजे

















