गृहपृष्ठ चामल पाउन बैंक स्टेटमेन्ट अनिवार्य

चामल पाउन बैंक स्टेटमेन्ट अनिवार्य

फाइल तस्बिर

हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ ।

सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैंक र सिटिजन इन्टरनेशनल बैंकबाट तलब प्राप्त गरेको कागज र कार्यालयको हाजिरी रेकर्डलगायत कागजात पूरा गरे १५ किलोग्राम चामल कर्मचारीलाई उपलब्ध हुने गरेको हो ।

कागजातका आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले १५ किलोग्राम चामल उपलब्ध गराउनका लागि सम्बन्धीत निकायमा तोक लागाउने गर्छन् । प्रमुख जिल्ला अधिकारीको तोक लागेको कागजात प्राप्त भएपछि सम्बन्धीत कर्मचारीले १५ किलोग्राम चामल नेपाल खाद्य संस्थानको नजिकको शाखाबाट पाउछन् ।

उक्त परिमाणको चामल प्राप्त गर्नका लागि हुम्लाका कर्मचारीले कहिले हाजिरी फाइल त कहिले तलव पाएको बैंकको स्टेटमेन्टका लागि भौतारिने गरेका छन् । गएको भदौ महिनादेखि नि : शुल्क चामल नपाएका कर्मचारीले मङ्सिर ११ गतेदेखि वितरण गरिएको १५ किलोग्राम चामल प्राप्त गर्नका लागि विभिन्न समस्या झेल्नुपरेको गुनासो छ ।(रासस)

प्रकाशित समय ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु