गृहपृष्ठ नेकपा प्रदेश कमिटी सदस्यको नाम टुंगो
नेकपा प्रदेश कमिटी सदस्यको नाम टुंगो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुंगो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।
अर्काे बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकको मिति भने तय हुन सकेको छैन ।
यसअघि मंगलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।
प्रकाशित समय ०८:३२ बजे
















