गृहपृष्ठ प्रधानमन्त्रीको दोस्रो पुस्तक सार्वजनिक

प्रधानमन्त्रीको दोस्रो पुस्तक सार्वजनिक

my-vision-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पुस्तक सार्वजनिक भएको छ । ‘माई भिजन’ नामक नयाँ पुस्तक सार्वजनीक भएको हो । दोस्रो पुस्तक पनि मन्तब्यहरुको संग्रह हो । यसअघि ओली प्रधानमन्त्री हुँदा पहिलो पुस्तक सार्वजनिक भएको थियो । सो पुस्तकमा उनी प्रधानमन्त्री हुँदाका ६० भाषण थिए । जुन पुस्तकको नाम ‘सेलेक्टेड स्पिच अफ केपी शर्मा ओली’ राखिएको थियो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले एसिया प्यासिफिक समिटमा सहभागी हुन आएका विदेशी पाहुनालाई ओलीले उक्त पुस्तक प्रदान गरेको उल्लेख गर्दै ट्वीट गरेका छन् । ओलीले गत वैशाखमा चीन भ्रमणका दौरान चिनियाँ भाषाको पुस्तक विमोचन गरेका थिए ।

यसपटक भने ओलीको पुस्तकको नाम ‘माई भिजन, प्रस्परस नेपाल, ह्यापी नेपाली’ राखिएको छ । यस संस्करणमा पूराना र नयाँ भाषण समेटिएका छन् । प्रधानमन्त्रीको ४५ वटा भाषण समेटिएको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक नेपालीमा प्रकाशित छ । प्रधानमन्त्री ओलीले राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको विदेश भ्रमणका दौरान राष्ट्र चिनाउने पुस्तक उपहार दिँदै आएका छन् ।

प्रकाशित समय १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु