गृहपृष्ठ नेपाल-बंगलादेश उर्जा संयन्त्रको बैठक बस्दै

नेपाल-बंगलादेश उर्जा संयन्त्रको बैठक बस्दै

nepal-bangladesh-newskarobar फाइल तस्बिर

नेपाल र बंगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक सोमबार काठमाडौमा सुरु हुँदैछ । नेपाल–बंगगलादेशबीचको जोइन्ट इनर्जी स्टेरिङ कमिटीको बैठक मंगलबार सकिनेछ । बंगलादेशसँग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको हो ।

बैठकमा सहभागी हुन बंगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन् ।

नेपालको तर्फबाट भने उर्जा, जलस्रोत तथा सिँचाईमन्त्रालयका सचिव अनुप कुमार उपाध्यायले वैठकमा नेतृत्व गर्नेछन् । त्यसैगरी सोमबार सह–सचिवस्तरीय संयुक्त कार्य समूहको बैठक समेत तय भएको छ । बैठकमा क्रस वोर्डर इन्टर कनेक्सनसम्बन्धी छलफल हुनुका साथै विद्युत व्यापारबारे समेत दुवैपक्षबीच वार्ता हुनेछ ।

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु